स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले गरेको समिक्षामा यसपटक पनि बर्दिवास अस्पताल उत्कृष्ट

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरी जिल्लाकै एकमात्र नगर अस्पताल बर्दिवास अस्पतालको अर्धबार्षिक प्रगति,समिक्षा तथा योजना तर्जुमा गोष्ठी मंगलवार सम्पन्न भएको छ । अस्पतालको आर्थिक बर्ष २०८१ को जेष्ठ महिनादेखी पुस २२ गतेसम्म स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले गरेको कामको छड्के अनुगमन सहितको समिक्षासंगै भएको कार्यक्रममा अर्धबार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जेष्ठ महिनादेखी हालसम्म गरेका कामको बारेमा समिक्षा गरेको बर्दिवास अस्पताल ब्यवस्थापन समितीका सदस्य जगत बहादुर खड्काले जानकारी दिए ।
उनले बर्दिवास अस्पतालको न्ययुनतम सेवा प्रवाह मापदण्ड अन्तरगत अस्पतालको हालको अबस्था त्याहा संञ्चालित कार्यक्रममा बिरामीको उपचार,सरसफाई,औषधी, पोषण, खोप, शुरक्षित मातृत्व, लगाएतका क्षेत्रमा गरिएको सुचकहरुमा यस पटक समेत बर्दिवास अस्पताल मधेश प्रदेशकै अस्पतालहरु मध्ये उत्कृष्ट देखिएको बताए ।
कार्यक्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण कुमार नायकले बर्दिवास अस्पतालले मधेश प्रदेशमै स्वास्थ्यको क्षेत्रमा राम्रो नतिजा देखाएर उदाहरणीय कार्यगरेको बताए । उनले बिगतको समयमा १५ शैयामा दर्ता भई सञ्चालनमा आएको बर्दिवास अस्पतालले दुई बर्ष यता ५० शैया भन्दापनि बढी सेवा प्रवाह गरीरहेकोमा बर्दिवास अस्पताल तथा बर्दिवास नगरपालिकालाई धन्यवाद दिए ।
उनले बर्दिवास अस्पताको सेवा प्रवाहबाट सिकेर अन्य अस्पतालहरुले समेत अघि बढ्नु पर्ने बताए । निर्देशक नायकले हाल अस्पतालभित्र स्वास्थ्यको सुचकहरु राम्रो रहेको र अझै गुणस्तरिय सेवाका लागी लाग्नु पर्नेमा जोड दिए।
कार्यक्रममा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष जयनारायण शर्माले स्वास्थ्यकर्मिहरुले गरेको मानब सेवा भन्दा ठुलो सेवा केहि हुन नसक्ने वताए । उनले हालको भन्दा पनि अझै गुणस्तरीय सेवा दिनु पर्नेमा जोड दिए ।

बर्दिवास अस्पतालका अध्यक्ष जयनारायण शर्माको अध्यक्षता तथा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक श्रबण कुमार नायकको प्रमुख आतिथ्यतामा गोष्ठि संञ्चालन भएको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...