टोपी तथा पोशाक दिवस मनाउनु हामी सबैको गौरबको बिषय हो : मेयर क्षेत्री

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ महोत्तरीको बर्दिवासमा राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाईएको छ । बर्दिवास नगरपालिका भित्रका बिभिन्न संघ संस्थाका प्रतिनिधि राजनितिक दल, पत्रकार लगायतले स्वत स्फुर्त रुपमै बर्दिवासको मुख्य बजारमा रयाली निकाल्दै १२ औ टोपी दिवस मनाएका हुँन । दिवसकै अवसरमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले नगरवासीलाई शुभकामना संदेश दिएका छन । सोही क्रममा उनले नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० साल देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिनु हामी सबैकालागी गौरबको बिषय भएको जनाए ।
मेयर क्षेत्रीले नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकलाई पुनः जागरण गर्न थालेकोमा खुशी ब्यक्त गरेका छन । उनले औपचारिक रूपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरू जागरुक भएर यो अभियानको सुरुवात गरीनु सम्पुर्ण नेपालीहरुले ईतिहास जोगाएको जनाए ।
टोपी दिवसको अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि आज बाक्लै देखिने गरेको छ। दिवस मनाउन थालेपछि जनवरी १ तारिखका दिनमा मात्रै नभई विवाह, व्रतबन्ध जस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।


नेपालका प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट र ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरूले पनि ढाका टोपीको ऐतिहासिक महत्व बढेको हो।
“ढाका “नेपाली हातले बुनिने एउटा विशेष प्रकारको कपडा हो र त्यसबाट बनेको टोपी नेपालीको शान र पहिचान समेत हो भनिरहदा कसैकोपनि दुईमत रहदैन । ढाका टोपीको इतिहासलाई हेर्दा हामीले भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शान र पहिचान हुन गएको हो । बिगतको ईतिहासदेखी अहिले सम्म आईपुग्दा आज नेपाल ढाका कपडामा आत्म निर्भर छ,पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।

नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ। नेपाली राष्ट्रिय पोसाकमा ढाका टोपी बिना अन्य पोशाकको कुनै अर्थ रहँदैन ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...