राजमार्ग स्तरोन्नतीले यहाँका ब्यपार ब्यवसायलाई कुनैपनि असर पुग्ने छैन : प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले ट्राफिक नियमको पालना पुर्ण रुपमै गर्नसकेमात्रै दुर्घटनामा न्युनिकरण गर्न सकिने बताएका छन् । महोत्तरीको बर्दिवासमा बिहिवार बर्दिवास नगरपालिकाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना उद्घाटन समारोहलाई सम्बोधनगर्ने क्रममा उनले यस्तो बताएका हुँन । उनले बर्दिवास नगरपालिकाभित्र हरेक बर्ष गरीने ट्राफिक सम्बन्धि जनचेतना कार्यक्रमले दुर्घटना न्युनिकरणमा ठुलो टेवा पुगेको जनाए ।

प्रमुख क्षेत्रीले चाडैगए भन्न सकिन्न बिस्तारैगए अबश्य पुगिन्छ जथाभाबि बाटो नकाटौ ट्राफिक नियम पालना गरौ भन्ने मुलमन्त्रलाई अबलम्बन गर्न सबैमा आग्रह गरे । क्षेत्रीले ,भने दुर्घटना न्युनिकरण गर्न नगरपालिकाले प्रत्येक बर्ष नगरका मुख्य सडकहरुमा सोलार बती जडान गर्दै आएको छ । केहिदिनभित्रै बर्दिवास स्थित महेन्द्र राजमार्गलाई एसियन राजमार्गको मापदण्ड अनुसार स्तरोन्नती गरीदै छ ।त्यसले यहाँका ब्यपार ब्यवसायलाई कुनैपनि असर पुग्ने छैन ।

राजमार्ग निर्माणका क्रममा यहाँका ब्यवसायलाई कुनै किसिमको असर नपुर्याउनेगरीे ब्यवस्था मिलाएको छु । राजमार्ग निर्माणको क्रममा कतिपय स्थानमा फ्लाइओभरसहित अण्डरपास निर्माण गरिनेहुँदा त्यस्ता स्थानको ब्यपार ब्यवसायलाई ठुलै असरपर्ने भएपनी मेरो अनुरोधमा बर्दिवासमा फ्लाइओभरसहित अण्डरपास निर्माण नगरीने भएको छ ।

उनले बर्दिवासभित्र लागुऔषध सेवनकर्ता दिन प्रतिदिन बढदै गएकोमा चिन्ता ब्यक्त गर्दै यसको नियन्त्रणकालागी हरेकबर्ष जनचेतनामुलक कार्यक्रम सञ्चान गरिएको उल्लेख गरे । उनले लागुऔषध नियन्त्रणकालागी नेपाल भारत सिमा क्षेत्रमा कडाईकासाथ प्रहरी प्रसाशनले निगरानी गर्नुपर्नेमा जोड दिए ।

एक फरक प्रसंगमा मेयर क्षेत्रीले बर्दिवास भित्रका केहि संघ संस्थामा नेतृत्व सम्हाल्नेहरु आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई भुलेर अर्काको गलत टिक्का टिप्पनीमा लागेकोले यसले कुनैपनि पक्षलाई फाईदा नपुग्ने उल्लेख गरे । उनले हरेक संघ संस्थामा नेतृत्वगर्नेहरुले म को हुँ र मैले मेरो क्षेत्रमा के के गरे,र, अबका दिनहरुमा के के गर्नु पर्छ ,यस्मा क,कस्को सहकार्यको आवश्यकता छ, भन्ने कुरा बुझेर अघि बढन सकेमात्रै बर्दिवासको भबिस्य सुनौलो बन्न सक्ने बिश्वास ब्यक्त गरे ।

यसैगरी विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यलय महोत्तरीले बर्दिवास नगरपालिकाको सहकार्यमा बर्दिवास भित्रका सामुदायिक बिद्यालयहरुमा बिहिवारदेखी ट्राफिक सचेतना कार्यक्रम सञ्चालनको सुरुवात गरेको छ । बर्दिवास नगरपालिका १ स्थित देउराली मा.बि बाट शुरु गरीएको ट्राफिक सचेतना बर्दिवासभित्रका २३ वटा सामुदायिक विद्यालयमा सञ्चालन गर्न लागिएको हो । नगरको राजमार्ग तथा सहायक सडकहरुमा दुर्घटनाका घटना वृद्धि हुन नदिने उदेश्यले कक्षा ९,१०,११ र १२ का बिद्यार्थीलार्ई ट्राफिक सचेतना मुलक कार्यक्रम गर्न लागिएको जिल्ला टा्रफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

उनले बर्दिवास बजारको मुख्य क्षेत्रका विद्यालयका विद्यार्थीले व्यस्त सडक र राजमार्ग समेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरूलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने अपेक्षा समेत गरे ।
प्रशिक्षण कार्यक्रममा विद्यार्थीलाई सवारीसाधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियम पालना गर्नुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपर्ने,मापसे गरेर सबारी चलाउन नहुँने लगायतका चेतनामूलक विषयको प्रशिक्षण दिइएको हो ।
ट्राफिकले बिद्यार्थीलाई दिएको यो प्रशिक्षण उनको परिवार र समुदायमा समेत सचेतना जगाउन अनुरोध गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...