निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित बर्दिवास नगरपालिकाका नवआगन्तुक प्रमुख प्रसाशकिय अधिकृतलाई सोमवार स्वागत गरीएको छ ।
प्रसाशकिय अधिकृतलाई नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री उपप्रमुख तारादेबी महतो शिक्षा शाखाका उपसचिब रेवती पराजुली लगायतले अबिर र खादा लगाएर स्वागत गरेका हुँन ।
स्वागत समारोहमा बोल्दै नगर प्रमुख क्षेत्रीले नगरपालिकाको बस्तुस्थितिबारे जानकारी गराएका छन । उनले ऐन नियम र कानूनबमोजिम कुशलतापूर्वक आफ्नो कार्यभार सम्हाल्न समेत प्रसाशकिय अधिकृतलाई आग्रह गरेका छन् । नगर प्रमुख क्षेत्रीले नगरपालिकाको बिकास गर्दै नागरिकलाई सम्बृद्धिसंग जोडन प्रमुख प्रसाशकिय अधिकृत सहित कर्मचारीको भुमिका बिशेष रहेको उल्लेख गरे। मेयर क्षेत्रीले जनप्रतिनिधिले जनतालाई दिएको आश्वासनलाई कानुन संबत किसिमले पालना गराउदै जनप्रतिनिलाई जनतासंग जोडने मेरुदण्डको कर्मचारी रहेको जनाए ।
उनले जनप्रतिनिधिलाई सफल बनाउनमा कर्मचारीको मुख्य भुमिका रहने भएकोले जनप्रतिनिधि सफल बन्न जिम्मेवार,नैतिकवान र कुशल कर्मचारीले मात्रै जनप्रतिनिधिको योजनालाई जनताको आधारभुत आवश्यकतासंग जोडिएर कामगर्न सक्ने बिश्वास ब्यक्त गरे ।
नवआगन्तुक प्रमुख प्रशाशकिय अधिकृत अधिकारीलेआफु यो नगरको स्थानिय नागरिक समेत रहेकोले नगरपालिकाको हरेक कामकाजमा नगरिकलाई सुशासनको प्रत्याभूती गराउन आफु प्रतिबद्ध रहेको बताए ।
उनले बर्दिवास नगरपालिकाको बिकासगर्न सबैसँग सहकार्य गर्दै कुशलतापूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्वता जनाएका थिए । बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बर्दिवास नगरपालिकाका जनप्रतिनिधि कर्मचारी बिभिन्न संघ संस्थाका प्रतिनिधि,राजनितिक दल, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
को हुन राममणी ?
वर्दिबास नगरपालिकामा प्रमुख कार्यकारी प्रशासकिय अधिकृतको रुपमा भर्खर मात्र सरुवा भएर सोमवार नगरपालिकाको कार्यालयमा हाजिर भएका राममणि अधिकारी को हुन् भन्ने जिज्ञासा धेरैको हुनसक्छ । साविक माईस्थान गा.वि.स वडा नम्वर ५ चेरुमा वुवा नारायण प्रसाद अधिकारी र आमा दुर्गा कुमारीको कोखवाट कान्छो सन्तानको रुपमा २०४९ सालमा जन्मिएका राममणी सानै उमेरदेखि पढाईमा जेहन्दार र ितक्ष्ण बुद्धिका थिए । गणित तथा विज्ञान विषयका शिक्षक वुवा नारायण प्रसाद अधिकारी जनता माध्यामिक विद्यालय वर्दिबास २ का प्राधानाअध्यापक भएकाले राममणीको घरमा पढाईको वातावरण राम्रो थियो । उनले माध्यामिक शिक्षा वर्दिबासवाटै उतिर्ण गरेका थिए । अधिकारी कक्षामा सधै उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन्थे । निजामति कर्मचारीको रुपमा काम गरी देशको सेवागर्ने लक्ष्य लिएका उनले लोकसेवाको तयारी गरेर २०७१ सालमा प्रशासन समुहमा लोक सेवाआयोगवाट शाखा अधिकृतमा नाम निकालेका हुन । शाखा अधिकृत भएको करीव ९ वर्ष नवित्दै २०८० सालमा लोकसेवा आयोगको प्रशासन सेवातर्फ उपसचिवमा समेत नाम निकालेका अधिकारीले विभिन्न कार्यालयहरुमा सेवा गरेका छन् । सहकारी विभागमा लामो समय काम गरेका अधिकारी यस अघि कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका सहकारी रजिष्ट्रारको रुपमा कार्यरत थिए । पढाईमा तिक्ष्ण अधिकारी चाडैनै सह सचिवमा समेत नाम निकाल्ने तयारीमा रहेका छन् । उनको योग्यता तथा ज्ञानवाट वर्दिबास नगरपालिकाले विकासमा धेरै फड्को मार्ने आशा वर्दिबास वासीले राखेका छन् ।





































