सर्मिला घिमिरे
बर्दिवास
वनदेवी माई युवा क्लब बटेश्वर , सीतापुरले आयोजना गरेको बाह्रौ वनदेवी माई अध्यक्ष गोल्ड कप प्रतियोगिता समापन भएको छ । प्रतियोगिता कार्तिक १४गते देखि २४गतेसम्म सञ्चालन भएको थियो।उक्त प्रियोगितमा जनसेवी युवा क्लब बर्दिबास, महोत्तरी बिजयी भयो। वनदेवी माई युवा क्लब बटेश्वर, धनुषा दोश्रो स्थानमा आएको थियो।
प्रतियोगितामा वनदेवी माई बटेश्वर –२ ,धनुषा ,नमूना जनउत्थान क्लब ,सिन्धुली ,आर यफ सी हरिवन ,सर्लाही, बेंखाडी युवा क्लब महोत्तरी, वीरगन्ज युनाइटेड पर्सा,कटारी फुटबल क्लब उदयपुर, नमोः बुद्ध युवा क्लब सप्तरी ,जनसेबी युवा क्लब बर्दिबास प्रतियोगी रहेका थिए।
खेलमा बेस्ट मिड फिल्डर सुदीप श्रेष्ठ, वनदेवी माई युवा क्लब, वेस्ट डिफेन्डर शिशिर थापा , बेस्ट गोल्डकिपर आकाश श्रेष्ठ, जनासेबी युवा क्लब ,म्यान अफ द म्याच श्रृजन क्षेत्री जनसबी युवा क्लब,बेस्ट स्कोरर प्रदीप लामा,जनसेबी युवा क्लब , सर्वोकृष्ट खेलाडी शिशिर लेखी वनदेवी युवा क्लब भएका थिए ।
खेल प्रति युवाहरुको आकर्षण बढाउन यो खेलको आयोजना गरिएको हो ।हामीले विगतदेखि हालसम्म बाह्रौ पटक खेल आयोजना गरिसकेका छौ । आगामी वर्षको लागि पनि हामीले यौजना बनाउन सुरुगरी सकेका छौ।यस खेलमा प्रथम स्थान हासिल गर्नेलाई रु १,५१,०००।– (एक लाख एकाउन्न हजार )राशी सहित कदर पत्र र मेडलको व्यवस्था गरेका छौ ।त्यसै गरी दोस्रो स्थान हासिल गर्नेलाई रु– ५५०००। –(पचपन्न हजार )राशी सहित कदर पत्र र मेडलको व्यवस गरेका छौं। आयोजक क्लवले जानकारी गरायो।





































