बर्दिवासबाट काठमाडौं फर्किने यात्रुसंग मनोमानी भाडा असुली

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवासबाट दशैँ मनाएर संघीय राजधानी काठमाडौं फर्कनेहरुको भिडभाड अहिले बाक्लै देख्न सकिन्छ । दशैको बिदाईसंगै यहाँबाट काठमाडौं जाने रात्रिबस तथा दिउँसो चल्ने अन्य साना सवारीमा यात्रुको अत्याधिक चाप देखिन्छ। सोही चापको फाईदा उठाउदै बर्दिवासबाट बाहिरीने सावारी साधनले मनोमानी भाडा उठाउदै ब्रह्मलुट गरीरहेको समेत देखिएको छ्। दशैकोटीकाको भोलीपल्टदेखि काठमाडौं फर्किने सवारीमा यात्रुको संख्या बढे संगै उपत्यकाबाट बर्दिवास भित्रिने यात्रुबाहक सवारी प्राय खाली नै आइरहेपनि यताबाट जाने सवारीमा भने यात्रुको अत्यधिक चाप देखिएको छ ।
सोही यात्रुको चापको गलत फाईदा उठउदै बर्दिवासबाट छुटने सवारीका साधनले अहिले प्रति यात्रु १५ सय देखी २ हजार सम्म भाडा असुल्ने गरेको एक सवारी चालकले नाम नखोल्ने शर्तमा जानकारी दिए । यो वर्ष बाढी, पहिरोले विपी राजमार्गमा व्यापक क्षति पु¥याएपछि धेरै मानिस नारायणगण–मुग्लिन तथा विभिन्न मार्ग हुँदै हेटौंडा निस्किएर दशैँ मनाउन घर आएका थिए ।

सार्वजनिक गाडी राम्रोसँग सञ्चालन नहुँदा धेरै मानिस त मोटरसाइकलमै घर आइपुगेका थिए । उनीहरु दशैँ मनाएर धमाधम अध्ययन तथा रोजगारीका सिलसिलमा राजधानी काठमाडौं फर्किरहेका छन।
यसैक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लक्षमीराज जोशीले अहीले सम्म यात्रुसंग बढी भाडा लिएको उजुरी नपरेको जनाए।
उनले यस सम्बन्धमा आफु हालसम्मपनि बेखबर रहेकोले सवारीका साधनहरुले मनोमानी भाडा असुलेको बिषयमा छडके चेकजाँचगरी भेटिको अवस्थामा कारवाहीको दायरामा ल्याउने समेत उल्लेख गरे ।
काठमाडौं फर्किने सवारीको चाप बढेपनि दशैँको मुखमा बाक्लै ट्रफिक प्रहरी खटाएर सवारी व्यवस्थापन गरीरहेको जोशीको भनाई छ।
दशैँको बेला केही दिन जिल्लाको पूर्व–पश्चिम राजमार्गका पुलहरुमा सवारीको चाप बढेर जाम लागेपनि अहिले त्यस्तो अवस्था नरहेको देखिएको छ।
दशैँको टीका अघि काठमाडौंबाट यात्रु ल्याउन भ्याइनभ्याइ गाडीलाई अहिले यहाँबाट यात्रु लैजाने चटारो छ । बर्दिवासबाट ठुला तथा साना सवारीका काउन्टर सञ्चालन गर्नेहरु यहाँबाट काठमाडौं जाने गाडीमा अहिले भरिभराउ यात्रु हुने गरेको बताउ छन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...