जनताको अपेक्षालाई निरासामा बदलिन दिएका छैनन मेयर क्षेत्रीले

[sharethis-inline-buttons]

आहिले जनताको सबैभन्दा नजिकको र घर दैलोको सरकार स्थानिय सरकार हो ।
हिजोको एकात्मक राज्य प्रणालीलाई खारेज गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली यतिबेला देशभित्र प्रयोगमा छ। यसै क्रममा बर्दिवास नगरपालिका भित्र निर्वाचित जनप्रतिनिधिको पनि दुई बर्ष बितिसक्दा नगरपालिका भित्रका अधिकाशं नागरिक नगर सरकारको कामकाजप्रती खुसी देखिएका छन ।
कातिपय पालिकाभित्र यो दुईबर्ष बितिसक्दा समेत स्थानिय सरकारको कामकाजले जनता निराश भएर ‘कागलाइ बेल पाक्यो हर्ष न बिस्मात’ कै अबस्थामा देखिएपनी त्यसता बिकासको सुस्त गतिलाई बर्दिवास नगरपालिकाले चुनौती दिदै उपलब्धि सहितको लोकतन्त्रको प्रत्याभुती दिलाउने काम गरिरहेको छ।
यो पछिल्ला दुईवर्षमा बिशेश गरेर नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको प्रयासबाट गरीएको बिकास, सुशाशन, जनतासंगको सम्न्वय का घटना क्रमले नगरका नागरिकमा सकारात्मक सोच हाबी भएको सार्वजनिक रुपमै सबैले देखिरहेका छन् । यो उपलब्धिलाई सहजै स्विकार गर्न नसकेका केही राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले नगर प्रमुखको कामकाजमा अबरोध सृजना गर्ने सत्य तथ्यलाई तोडमोड गर्न खोज्ने र तथ्य बाहिर ल्याउने सञ्चारकर्मीलाई समेत गालि गलौजगर्ने धाकधम्कि दिने गरेको देखिएको छ।

जनअभिमतका साथ बिजयी बर्दिवास नगरपालिकाका का नगर प्रमुखबाट जनताले जुन अपेक्षा गरेका थिए
ति अपेक्षा निरासाबादमा बदलिन दिएका छैनन प्रह्लाद कुमार क्षेत्रीले।
कुनकाम कहाबाट शुरु गर्ने कस्लाई पहिलो प्रथमिकतामा राख्ने कसरी जनताको माग सम्बोधनगर्ने भन्नेमा अन्यौलता देखिएको छैनन उनी, यो नगरमा सबैकाममा आफै निर्णायक बन्ने कामलाई पाखा लगाउदै समन्वयात्मक तरिकाबाट काम गर्ने नगर प्रमुखको रुपमा चिनिएका प्रह्लाद कुमार क्षेत्रीको कामकारबाहीका सम्बन्धमा हेर्दा पुरानै ढर्रामा नभएर बिपक्षी दललाई समेत समेटेर सृजनात्मक किसिमले नयाँ योजना सहित कामकाज संन्चालन गरेको बर्दिवासका जनताको बुझाइ छ ।
नगरपालिकाबाट बिनियोजित बजेट आफ्ना नजिकैका कार्यकर्ताबाट परिचालनगर्ने परिपाटी भन्दापनी उपभोक्ता समिती मार्फत सबैलाई समेटेरै काम गर्ने बानीको बिकास भएको छ अहिले बर्दिवासमा।

नगरपालिकाभित्र कतिपय उपलब्धि बिहिन कार्यक्रम आयोजना गरि बजेट सक्ने मात्र कामको अन्त्य भएको छ।
बर्दिवासको स्थानीय सरकारले अहिले निम्न प्रक्रियाबाट अगाडी गईरहेकोले यो प्राप्त उपलब्धिप्रती जनताले समेत अपनत्वलिन सकेको अवस्था देखिन्छ।
हाल नगरपालिकाले नगर बिकासकालागी यस्तो काम कारवाहीको योजना बनाएको छ।

१) नगरपालिकाले प्रत्येक काममा गुरु योजना तयार गरेर अघि बढेको छ।

२)नगरको शिक्षा,स्वास्थ, खानेपानी,सरसफाइ,बिपद ब्यवस्थापन,सडक,नागरिकको क्षमता बिकास,नागरिक सचेतना, भौतिक पुर्बाधार,कृषि पशु,सिचाइ , ,रोजगारी,सहकारी,महिला,बालबालिका,दलित,पिछ्डावर्ग, युवा, खेलकुद , सुचना संन्चार लगायका क्षेत्रमा योजना सहित काम गरिदै छ।

३) वाडै बिच्छे दामासाहिले रकम बाड्ने काम गरिएपनि समग्र पालिकाको एकीकृत योजना बनाएर योजना सञ्चालनगर्न अघिबढेको छ।

४)नगरले बिकासकालागी दिर्घकालिन योजना बनाएर कुन वार्डमा कुन कुनकाम हुदैछ भन्ने स्पष्ट पार्ने काम गरेको छ ।

५) मेयर क्षेत्रीले नगरमा आफू बिजयी हुनुपुर्ब आफ्नो नगरको अवस्था,सोच परिकल्पनाको अबस्था र अहिलेसम्मभएको कामको प्रगतिको बिबरण सार्बजनिक गर्ने गरेका छन।

६)नगरका प्रत्येक कामको गुणस्तरमा नगर प्रमुख आफैले ध्यानदिदै कम कबोल गर्नेसंग काम गराउने परिपाटीको बिकास गरीएको छ ।

७)खरिद प्रक्रियालाई पारदर्शी बनाउन खरिद समिती बनाउने काम भएको छ।

८) नगर प्रमुखले नगरबाट आफुले लिने सेवा सुबिधालाई नगर बिकासमा खर्च गर्नेगरी परोपकारी संस्थालाई दानगर्ने गरेका छन्।

९)नगरभित्र चाकडी चाप्लुसीगर्ने भन्दा इमानदार सक्षम क्षमातावानलाइ बिशेष प्राथमिकतामा राख्ने गरिएको छ।

१०) नगर प्रमुखले जनताको गुनासो सुनुवाइलाई पहिलो प्राथमिकतामा राख्दै उचित ब्यबस्थापन सहित कामगर्ने गरेका छन्।

११) नगरभित्र सञ्चालित विभिन्न गैरसरकारी संस्थालाई पालिकाको कार्यक्रममा मेल हुने गरि पुर्ण समन्वयात्मक किसिमले काम अघि बढाईएको छ।
१२) पालिकाबाट हुने कामको अनुगमनकालागि मौजुदा ब्यबस्थामा परिवर्तन गरि बिज्ञ ईन्जिनियर सहितको टिम निर्माण गरिएको छ।

 

यि त भए बर्दिवासमा स्थानीय सरकारले दुईबर्षको अबधिमा गरेका कामको तथ्याङ्क तर हिजो मत माग्दा नागरिकसंग गरेका बाचाहरुमध्ये अहिले सम्मगर्न नसकेका वा गर्न बाकी रहेका कामलाई सत्ताको बिरासदमा बसेका जनताको प्रतिनिधि भएको नाताले जनताको कसिमा बाधिएर अबको बाकी कार्यकाल भित्रै गएको चुनाबमा जनतासंग गरेको बाचालाई संबोधनगर्न सके जनताको अपेक्षामा मलम लाग्ने देखिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...