शर्मिला घिमिरे
बर्दिबास
महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ६ स्थित एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
जानकी मेडिकल कलेज रमादैया भवाडी र बर्दिबास नगरपालिका वडा नं ६ को सहकार्यमा श्री जनहित नन्दलाल माध्यमिक विद्यालय, चौलीखामा एकदिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको हो ।
शिविरमा छाला, आँखा,दाँत, गाइनो लगायत रोगहरुको निशुल्क उपचार गरीएको छ ।
शिबिरमा रेडियोलोजी,युयसजी जस्ता सेवा र अन्य रोगको बारेमा परामर्श दिईएको थियो। सोही क्रममा शिबिरबाट ५ सय भन्दा बढी बिरामीले सेवा तथा परामर्श लिएको बताईएको छ।





































