अत्यधिक गर्मी बढेपछि बर्दिवासको बिद्यालय बन्द

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
पछिल्लो साता चर्काे घामको कारण अत्यधिक गर्मी बढेपछि महोत्तरीका बिद्यालय धमाधम बन्द हुन थालेका छन्।
यसै क्रममा जिल्लाको सुदूर उत्तरवती नगर बर्दिवास नगरपालिकाले अत्यधिक गर्मीबढेको कारण आज (बुधवार) ८ गते देखि ११ गते सम्म ४ दिनकालागी नगरभित्रका सम्पुर्ण सामुदायिक ,संस्थागत तथा धार्मिक विद्यालयमा बिदा दिने सूचना जारी गरेको हो।

घामको प्रचण्ड राप बढेर बालबालिकालाई विद्यालय आउनजानमा निकै समस्या भएपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै ४ दिन बिदादिने निर्णय गरिएको बर्दिवास नगरपालिका शिक्षा शाखाका अधिकृत रोमन निरौलाले जानकारी दिए ।

यसअघि, गएको जेठमा पनि महोत्तरीका सबै स्थानीय तहले गर्मी छल्न एक साता बिदा दिएका थिए । जिल्लामा असोज लागेपछि समेत बढेको प्रचण्ड गर्मीका कारण सरकारी कार्यालयमा कामविशेषले पुग्ने सेवाग्राही घटेका छन भने हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि मानिसको चहलपहल घटेको देखिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...