आज्ञा खबर
बर्दिवास
मधेस प्रदेशसभाको सचिवमा बासु प्रसाद कोइराला नियुक्त भएका छन्। महोत्तरीको बर्दिबास नगरपालिका १२ घर भएका कोईरालालाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेकी हुन्।
उनले नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम कोईरालालाई सचिव पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिए।
मधेस प्रदेशसभामा सचिव नहुँदा निमित्तकै भरमा चल्दै आएको थियो ।





































