दिवसको शुभकामना दिँदै प्रमुख क्षेत्रीले भने संबिधानमा लेखिएको जनजिबिकाको सवाललाई पालना गर्न सकेमात्रै देश बिकासले फड्को मार्ने छ,

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
संविधान दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा वृक्षारोपण गरिएको छ ।
नेपाल सरकारले संबिधान दिवस तिनदिन मनाउन सबै सरकारी कार्यालय तथा संघ संस्थालाई पत्राचारगरे अनुसार बुधवार (आज) पहिलो दिन बर्दिवास ५ स्थित टुटेश्वरको मरहा नदीमा रहेको नदीउकास जग्गामा बृक्षा रोपण गरीएको हो ।


संबिधान दिबस तथा राष्ट्रिय दिबस कार्यक्रम आयोजक समिती महोत्तरीको आयोजना र बर्दिवास नगरपालिका, श्री गोरखनाथ गण पर्कौली ब्यारेक महोत्तरी, बर्दिवास मेडिकल पुर्वाधार बिकास आयोजना कार्यालय बर्दिवासको सह आयोजनामा बृक्षा रोपण गरीएको बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए ।सो अवसरमा प्रमुख क्षेत्रीले  सम्पुर्ण नगरबासीलाई सक्षिप्त शुभकामना दिदै लोकतन्त्रको संस्थागत विकासको लागी सविधान अपरिहार्य भएको बताए ।

वर्तमान सरकारले लोकतन्त्रको रक्षा गर्दै संबिधानमा लेखिएको जनजिबिकाको सवाललाई अक्षरस्व पालना गर्न सकेमात्रै देश बिकासले फड्को मार्ने समेत उनले उल्लेख गरे
कार्यक्रममा जिल्ला समन्वय समिती महोत्तरीका सभापती सुमनलाल कर्ण,प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल,सहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,महोत्तरीका प्रहरी उपरीक्षक नहकुल पोखरेल,नेपाल रेडक्रस सोईटी उपशाखा बर्दिवासका निबर्तमान अध्यक्ष मकुन्द प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा गोरखनाथ गण पर्कौली ब्यारेक महोत्तरीका नेपाली सेनाको उपस्थिीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो । सोही क्रममा मरहा नदीको उकास जग्गामा २२ सय वढि बिभिन्न प्रजातीको विरुवा रोपिएको नेपाली सेनाले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...