निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा बिकासको गतीसंगै (आज) आईतवारदेखी अनलाइनबाट नयाँ नागरिकता दिने प्रक्रिया सुरु भएको छ । अनलाइनबाट नयाँ नागरिकता दिने प्रक्रिया सुरु भएसंगै आज ईलाका प्रसाशन कार्यालय बर्दिवासले २ जना बर्दिवासका नागरिकलाई अनलाईन नागरिकता प्रदान गरेको हो ।
बर्दिवासमा पहिलो पटक नागरिकता लिने वडा नम्बर ३ पाटुका उद्धब बि.क. रहेका छन ।
भने दोश्रो अनलाईन नागरिकता प्राप्त गर्ने बर्दिवास १४ का अजय साह रहेको बताईएको छ । विगतमा हातले लेखेको अनुसूची सिफारिस लिएर ईलाका प्रशासन कार्यालय बर्दिवासमा पुग्ने गरेका सेवाग्राहीले अब अनलाइनबाट फर्म भरेर नागरिकता लिने ब्यवस्थाको सुरुवात गरिएको हो । बर्दिवासमा यसरी अनलाईनबाट नागरिकता बिबरण भरेर नागरिकता लिने नगरपालिका नेपालको आठौ र मधेश प्रदेशकै पहिलो भएको जिल्ला प्रसाशन कायार्यालय महोत्तरीले जनाएको छ।
गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली मार्फत बर्दिवास नगरपालिकाका मेयर पह्लाद कुमार क्षेत्रीको पहलमा नगरभित्रका सबै नागरिकलाई छिटो छरीतो र प्रभाबकारी ढंगले नागरिकता उपलब्द गराउने उदेश्यले नागरिकता बितरण थालिएको बताईएको छ ।
१४ वडा रहेको बर्दिवास नगरभित्रका सबै वडामा एकैचोटी यो प्रविधिको प्रयोग शुरु गरिएको ईलाका प्रसाशन कार्यालय बर्दिवासले जनाएको छ ।
गृह मन्त्रालयले महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका, मटिहानी, नगरपालिका र पिपरा गाउँपालिकामा रहेका सबै वडाका सचिव र वडा अध्यक्षलाई तालिम दिएसँगै सेवाको शुरुवात भएको जिल्ला प्रसाशन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला आधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।
अनलाईन नागरिकता प्रणालीमा निबेदकको माग अनुसार विवरण अनलाईनबाटै भरीसकेपछि सिष्टमबाटै सिफारिस तयार हुने भएकोले सिफारिस प्रिन्ट गरेर वडा अध्यक्षले सही गरी छाप लगाएपछि पुनह सिष्टममा अपललोड गर्नु पर्छ ।
यो प्रविधिले समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने भएकोले सेवा प्रभाबकारी हुने ईलाका प्रसाशन कार्यालय बर्दिवासको दाबी रहेको छ ।





































