आज्ञा खबर
जनकपुरधाम
जनता समाजवादी पार्टी (जसपा) नेपालका पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका छन्।
अधिवेशनले अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको करिब साढे दुई महिनापछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई दिएको थियो।
अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङ सहित उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्यलाई मनोनीत गरेका छन्।
यस्तै, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन्।
सचिवहरूमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्दीन राई रहेका छन्। कोषाध्यक्षमा सुरिताकुमारी साह मनोनीत भएकी जनता समाजवादी पार्टी (जसपा) नेपालले जनाएको छ।





































