आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले यस बर्षदेखी एसईई परीक्षामा सर्बाेत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई नगरपालिकाले छात्रबृती प्रदान गर्ने बताएका छन । महोत्तरीको बर्दिवसमा मंगलवार बर्दिवास नगरपालिकाले राखेको उत्कृष्ट नतिजा प्राप्त बिद्यालय तथा बिद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुँन । उनले २०८० सालको एसईईमा उत्कृष्ट नतिजा प्राप्तगर्ने बिद्यार्थीलाई बधाई दिदै यो बर्षदेखी अर्धबार्षिक रुपमा नगरभित्रका सम्पुर्ण बिद्यालयका बिद्यार्थीसंगै नगरप्रमुखले शिक्षा सम्बन्धि छलफल गरेर गुणस्तर अभिबृद्धिकालागी योजना बनाउदै अघि बढने जनाए । उनले भने, शिक्षाको गुणस्तर बृद्धिकालागी काम गर्न यो बर्ष हामिले बजेट समेत राखेका छौ । अहिले नगरपालिकाले शिक्षामा परिवर्तन चाहेको छ । त्यकालागी शिक्षामा ठोस निती बनाएर अघि बढिरहेका छौ । मेयर क्षेत्रीले शिक्षाको गुणस्तर बढाउन नगरपालिकाले १ सय भन्दाबढी नगर शिक्षकको ब्यवस्थापन गरेपनी त्यो प्रयाप्त नरहेकोले सिमित श्रोत साधनलाई अधिकतम उपयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

त्यसैगरी सामुदायिक बिद्यालयको तर्फबाट उत्कृष्ट अंक ल्याउने जनजागृती मा.बि बर्दिवास ३ पाटुकी प्रधानाअध्यापक रमा शर्मा ढकालले नगरपालिकाको युवा खेलकुद तथा शिक्षा शाखाले बिद्यालय भित्र रहेका भौतिक संरचनाको अभाबलाई परिपुर्ती गर्नुपर्ने आवश्यकता औल्याईन। उनले असल बिद्यार्थी बनेर उत्कृष्ट नतिजा ल्याउन शिक्षक,अभिभाबक र बिद्यार्थीबिच त्रिकोणात्मक सम्बन्ध कायम हुँनुपर्ने कुरामा जोड दिदै साप्ताहिक रुपमा छलफल चलाईनु पर्ने कुरा उल्लेख गरीन
।
त्यस्तै संस्थागत बिद्यालयतर्फ उत्कृष्ट नतिजा प्राप्तगर्दै छात्रा तर्फ उत्कृष्ट अंक ल्याउने बर्दिवास नगरपालिका १ को ग्लोबल एकेडेमी स्कुलका प्रिन्सिपल बिश्वराज वाग्लेले बिद्यार्थीले हासिल गरेको नतिजा नगरको सम्पती भएको जनाए । सम्मानले बिद्यार्थीमा उत्प्रेरणा जगाउने भन्दै वाग्लले बर्दिवासलाई शिक्षाको हब बनाउने योजनामा जानेहो भने परीक्षाको नतिजापनी उत्कृष्ट बन्दैजानुपर्ने धारणा राखे ।
यसैक्रममा २०८० सालको एसईई परीक्षामा जनजागृती मा.बि बर्दिवास ३ पाटु शत प्रतिशत नतिजा ल्याई महोत्तरी जिल्लाकै उत्कृष्ट सामुदायिक बिद्यालय बन्न सफल भएको छ ।

एसईई परीक्षामा छात्रतर्फ बर्दिवास १ स्थित एभरेष्ट पब्लिक स्कुलका बिद्यार्थी मनिष कुमार महतोले ३.९५ जि.पिए ल्याएर महोत्तरी जिल्लामै प्रथम स्थान हासिल गरेका छन । सोही क्रममा छात्रातर्फ ग्लोबल एकेडेमी बर्दिवास १ की छात्रा श्रृति ढकालले ३.८६ जिपिए ल्याएर जिल्लाकै एसईई परीक्षाकी प्रथम छात्रा बन्न सफल भएकी बर्दिवास नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाका अधिकृत रोमन निरौलाले जानकारी दिए ।





































