पोखरीमा डुबेर सिरहामा दुई बालकको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहामा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ।
ज्यान जानेमा नरहा गाउँपालिका ३ खोरियाटोलका शुशील मण्डलको ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको ज्यान गएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए।

सोमबार करिब ११ बजेदेखि हराइरहेका दुवै बालकको मंगलबार बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक दुबै बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...