सर्लाहीमा चट्याङ लागेर एक महिलाको ज्यान गयो

[sharethis-inline-buttons]

.आज्ञा खबर
सर्लाही
सर्लाहीमा शुक्रबार बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । आज बिहान अबिरल बर्षासंगै परेको चट्याङले बागमती नगरपालिका–१, मिलनचोक बस्ने दिलबहादुर आले मगरकी श्रीमती ६४ वर्षीया गोमा आले मगरको खेतको आलीमा काम गर्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
चट्याङ लागेर गम्भिर घाइते मगरलाई बागमतीमा सामान्य उपचार गरी थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...