`राज्यले मधेशलाई हेला गरिरहेकाे छ’ महन्थ ठाकुर

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशको मुद्धामा सरकारले पटक–पटक सम्झौता गर्ने तर पूर्ण रुपमा कार्यान्वयन नगर्ने प्रवृत्तिले राज्यले अहिल्ये पनि मधेशलाई हेला गरिरहेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीपार्टीले सदरमुकाम मलंगवामा आयोजना गरेको सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले त्यस्तो आरोप लगाएका हुन् । मधेशीले अपमान महसुस गर्नु परिरहेको छ’ ठाकुरले भने, ञकेपी ओली, शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा भएका सम्झौता आंशिक रुपमा मात्र लागू भएको छ, पूर्ण रुपमा कार्यान्वयन नै भएको छैन ।’

अझैपनि जनसंख्याखाका आधारमा राज्यमा मधेशीको प्रतिनिधित्व हुन नसकेको उल्लेख गर्दै ठाकुरले मधेसका गौतम बुद्घ, माता सिता लगायत नेपालको भनेर चिनाउने तर मधेशबासीलाई नेपाली नै हैनन् जस्ता ब्यवहार भइरहेको गुनासो गरे ।

पार्टी संगठनका बारेमा बोल्दै वडा–वडामा कमिटी गठन गरेर संगठन निर्माणलाई तिब्रता दिन ठाकुरको कार्यकर्तालाई आग्रह थियो । ञवडा वडा तहमा संगठन मजबुत भएमात्र पालिका र क्षेत्रमा चुनाव जित्न सकिन्छ’, उनले भने, ञत्यसैले संगठन सुदृढिकरणमा लाग्नोस् ।’

अध्यक्ष ठाकुरले राज्यकै निकायको गल्तीका कारण कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थुनामा परेको जनाएका छन् । ठाकुरले नागरिकताको बहाना बनाएर सिरोहियालाई पुर्वाग्रही ढंगले थुनामा राखेकोे भन्दै सरकारलाई सचेत समेत गराएका छन् ।

विजय ठाकुरले सञ्चालन गरेको कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा पूर्व मन्त्री शरद सिंह भण्डारी, मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल, मधेश प्रदेश सभामा पार्टीका उपनेता उपेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए । पार्टीका युवा नेता मिथिलेश यादवका अनुसार कुसुम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न पार्टी त्यागेर लोसपा प्रवेश गरेका जिल्ला स्थित सयौं नेता कार्यकर्तालाई अध्यक्ष ठाकुर, वरिष्ठ नेता भण्डारीले फुलमाला सहित सदस्यता प्रदान गरेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...