आज्ञा खबर
धनुषा
नागरिकता प्रकरणमा पक्राउ परेका सञ्चार उद्यमी कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश चुडामनी खड्काको इजलासले सिरोहियालाइ तीन दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न माग गरेको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार सिरोहियालाई पक्राउ गरेर सोही दिन राति नै जनकपुर ल्याएको हो ।
काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट सो मिडियाका अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । त्यसको भोलीपल्ट (आज) बुधवार बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई १२ बजे अदालतमा उपस्थित गराएको थियो ।





































