पाटु खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बानियाँ चयन

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटु खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माछा छाप चुनाब चिञ्हका अणक बहादुर बानियाँ १ सय ३४ मत ल्याएर चयन भएका छन। बानियाँले ४४ मतले उनका निकतम प्रतिद्वन्दि कृष्ण बहादुर खड्कालाई उछिन्दै बिजयी भएका हुँन । बानियाँका प्रतिद्वन्दि खडकाले ९० मत ल्याएका थिए ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अन्य सदस्य तथा पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन । निर्बिरोध निर्वाचित हुने उपाध्यक्षमा सानुबाबु कार्की(राजन)सचिबमा कुमार बराईली कोषाध्यक्षमा भाबना बुढाथोकी सदस्यमा प्रमिला माझी, लगायका रहेका छन ।
कुल २ सय ३६ उपभोक्ता रहेको सो संस्थामा २ सय २६ उपभोक्ताले मतदान गरेको नेपाली कांग्रेस बर्दिवास नगरपालिकाका सचिब तथा सामाजिक अभियन्ता बिनोद ढुङ्गेलले जानकारी दिए । शनिवार बिहान ७ बजेदेखी दिउँसो २ बजे सम्म भएको मतदानको मतगणनाहुँदा २ मत बदर भएको थियो ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...