मुसहरको सामूहिक म्यादी जीवन बिमा नेपालमै पहिलो र युगान्तकारी

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिबास नगरक्षेत्र भित्र बसोवासगर्ने मुसहरजातीको जिबन बिमाको कामलाई अहिले बर्दिवास नगरपालिकाले मुख्य प्राथमिकतामा राखेर त्यसलाई तिब्रता दिएको छ।
सोही अनुसार शुक्रवार नगरपालिकाको वडा नम्बर १० खयरमारा र वडा नम्बर १२ बिजलपुरा चल्किको मुसहर बस्तिीमै पुगेर नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री, प्रबक्ता बिजय कुमार महतोका साथै बिमा कम्पनीका प्रबन्धक प्रतिनिधिले दुबै वडाका मुसहर समुदायको बिमा गरीदिएका हुन ।
अठारदेखि ६९ वर्ष उमेर समूहका २ सय ४५ जना मुसहरहरुको तीन वर्षे लघुजीवन बीमा बापतको रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ रु २ लाख ९६ हजार २ सय ७० रुपैया ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखालाई दिएर गरिदिएकोे यो जिबन बिमाको बिषयमा बिमा कम्पनी बर्दिवासका प्रबन्धक रबिन्द्र कुमार मिश्र यसो भन्छन ।

थप जानकारीकालागी यो भिडियो हेर्नुहोस

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...