नगरको सबै वडामा सर्बसुलभ रुपमा खनेपानी उपलब्ध गराईने मेयर क्षेत्री

[sharethis-inline-buttons]

निकेश खनाल

बर्दिवास

महोत्तरीको बर्दिवास नगरपालिका स्थित दक्षिण भेगमा गर्मी बढेसँगै इनार सुक्न थालेपछि खानेपानी तथा सिचाईको समस्या जटिल बन्दै गएको छ।

बर्दिवासको वडा नम्बर ६,७,९,१२ र १३ को गाउँ बस्तिीमा पानीको मुख्य स्रोत इनार, डिप बोरीङ्ग रहेकोमा लामो समयसम्म प्रसस्त पानी नपर्नु र गर्मी तथा जमिनभित्र पानीको श्रोत कम हुनुको कारण इनारमा पानी सुक्न थालेको हो ।

चैतको पहिलो सातादेखि नै पुरानो ईनारमा पानी सुकेकोले ‘यस वर्ष खानेपानीको अभाव झन बढ्दो छ। गाउँमा पानी खान नपाएर काकाकुल भइएला जस्तो अवस्थाछ, बर्दिवास नगरपालिका ७ प्रेम नगरका जितेन्द्र यादबको भनाई रहेको छ ।

उनका अनुसार गाउँका धेरैजसो पुराना सार्बजनिक इनार सुकेका छन्। रातभरी इनारमा जम्मा भएको चार, पाँच गाग्री पानी गाईवस्तुका साथै मानिसका लागि  पु¥याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘वडा नं ६, ७, ९ र १२,१३ मा पानीको मुख्य स्रोत इनार र डिपबोरीङ्ग हुन् ।

अहिले पानीका पुराना सबै स्रोत सुक्न थालेपछि बर्दिवासका दक्षिण भेगका पाचवटै वडामा खानेपानीको हाहाकार मच्चिएको छ’, वडा नम्बर ७ हरीदेब महतो भन्छन । चैत लागेपछी पानीका मुहान सुक्दै गएकोले बैशाख लागेपछि पानीको समस्या झन बढेको उनको भनाइ छ ।

तराईमा वैशाख, जेठलाई अत्यधिक गर्मी हुने समयका रूपमा लिइन्छ। हरेक वर्ष यो समयमा पानीको समस्या हुने गरेको भए पनि यस वर्ष झनै समस्या बढ्ने सङ्केत देखिएको स्थानीयको भनाइ छ । बर्दिवास नगरपालिकाको वडा नम्बर ७ भित्र करीब ४५ वटा ईनार मध्ये ३० वटा ईनारमा मोटर चलाएको दुई देखी पाँच मिनेटमै पानी सुक्ने अवस्था रहेको छ ।

यसैगरी वडा नम्बर ७ का अध्यक्ष रामस्वगारथ यादबले जनश्रमदान बाहेक २ लाख २५ हजार प्रती ईनार नगरपालिकाको बजेटबाट ११ वटा ईनार र ३ लाख पचास हजार प्रती डिपबोरीङ्ग को दरले ४ वटा डिपबोरीङ्ग खानेपानी तथा सिचाईको समस्या समाधानका लागी गाडिएको भएपनी पुरै समस्या समाधान नभएको जानकारी दिए ।

नगरको तल्लो भेग प्रेम नगरका बस्तीमा खानेपानीका लागि प्रयोग हुँदै आएका स्रोत सुकेर समस्या बढेको स्थानिय बिनोद ठाकुर बताउछन।

उनले भने यहाँ १० वर्ष पहिले खनेका इनार सबै सुकिसके, गतबर्ष खनिएका इनार र डिपबोरीङ्गमा मात्रै पानी आउने गरेको छ । अहिले गाउँमा बिवाह पुजा, उत्सब तथा समाजिक भोजमा पानी चाहियोभने नगरपालिकाले गतबर्ष गाडेको ईनार र डिपबोरीङ्गबाटै पानील्याएर कार्य गर्नुपर्ने बाध्यता छ ।

बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा खानेपानीको समस्या झनझन् बढ्दै गएको छ ।  लामो खडेरी र जमिन भित्र पानीको सतह दिन प्रतिदिन तल जानुले खानेपानीका सबै मुहान र स्रोत सुक्न थालेपछि नगर क्षेत्रका दक्षिणी गाउँ बस्तीमा खानेपानीको हाहाकार मच्चिएको बडानम्बर ७ पे्रम नगरकै राम औतार महतो बताउछन ।

उनका अनुसार यसपालि हिउँदे वर्षा प्रसस्त नहुँदा पानीका मुहान सुकेका हुन् । हिउँदे वर्षा कम हुँदा खानेपानीका साथै खेती गर्न समेत समस्या भएको अन्य स्थानीयको भनाइ छ। सुक्खायाममा खेतीका लागि सिँचाइका साथै खानेपानीको व्यवस्थापनको बिषयलाई लिएर बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिका ७ स्थित प्रेम नगर टोलमा बिहिवार खाने पानी तथा सिचाईको ईनार अबलोकन गरेका छन । सोही क्रममा उनले नगरको सबै वडामा सर्ब सुलभ रुपमा खनेपानी उपलब्ध गराईने बताएका छन ।

उनले पानीको समस्या भएका नगरको सबै वडामा पानी पर्याप्त पु¥याउने गरी पुराना ईनार तथा टयुबेल, डिपबोरीङ्गको मर्मत सम्भार यथा सिघ्र गरीने र सो प्रयाप्त नभए नयाँ जडान गरेर पानीको समस्या हल गरीने जनाए ।क्षेत्रीले नगरपालिकाको सहयोगमा खानेपानी,सिचाई प्रणाली ब्यावस्थापन सम्बन्धी योजना ल्याएर पानी खान र सिचाईगर्नबाट नगरवासीलाई बन्चित नगरिने जनाए ।

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...