आरती साहको घटना छानबिन शुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा २०८० जेठ ७ मा घरमै शङ्कास्पद रूपमा मृत फेला परेकी आरती साहको घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्न डीआईजी उमेशराज जोशीको नेत्रित्वमा अनुसन्धानटोली जनकपुरमा पठाएको छ । घटनाको बिषयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामाले जनकपुरमा पुगेर छानबिन र थप अनुसन्धान सुरु गरेका छन् ।

फागुन ३० मा गृह मन्त्रालय र पीडित परिवारको बिचमा थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको थियो । गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।
यसैगरी डीआईजी नेतृत्वको टिमले काम सुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...