मेडिकल कलेज निर्माणको काम सुरु गर्न निर्माणहुने जग्गाको सट्टामा नगरपालिकाको स्वामित्वमा रहेको नदी उकास जग्गा बनलाई दिईने

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिबास मेडिकल कलेज पुर्वाधारको काम शुरुगर्न सहजीकरणगर्ने उदेश्यले बर्दिवास नगरपालिकाले ५४.५८४ हेक्टर नदी उकास जग्गा बनलाई दिएर बृक्षरोपन गर्ने भएको छ ।
मेडिकल कलेज विरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई अदालतले खारिज गरे पनी कलेज निर्माणको कानुनी प्रक्रिया अत्यधिक झनझटिलो रहेकोले निर्माण कार्यमा अन्यौलता देखिएको भन्दै कानुनी बाधा फुकाउनकालागी बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बिशेष पहल गरीरहेको नगरपालिकाले जनाएको हो ।

कलेज निर्माण पुर्वाधारको काम सुरु गर्न जग्गा प्राप्ति,रुख कटान सो बराबरको बृक्षा रोपन, घाटगद्दी ,अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता लगायतका थुपै्र कानुनी प्रक्रियाको काम बाकी रहेकाले समेत मेडिकल कलेज निर्माणकार्य शुरु हुन सकेको छैन ।
नगर प्रमुख क्षेत्रीले मेडिकल कलेज पूर्वाधार निर्माणको कामलाई छिटो छरीतो र प्रभाबकारी बनाउन तथा ३ बर्ष भित्रै निर्माणको काम सम्पन्न गर्न हाल बन्न लागेको कलेज बर्दिवास नगरपालिका ४ स्थित बनको ५४.५८४ हेक्टर जग्गाको सट्टामा नगरपालिकाको स्वामित्वमा रहेको नदी उकास जग्गा बनलाई दिएर कटान गरीएको रुख बराबरको बृक्ष रोपन गरी हुर्काईदिने योजना सहित बर्दिवास नगरपालिका ३ स्थित राजाबासमा रहेको नदी उकास जग्गाको बिहिवार अनुगमन गरीएको छ ।

निबर्तमान संघिय सरकारका श्रम तथा रोजगार सामजिक सुरक्षा मन्त्री सरत सिहं भण्डारीको मुख्य आतिथ्यतामा गरीएको अनुगमनमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक बिजय यादब बिभिन्न मिडियाका सञ्चारकर्मी राजनितिक दलका प्रतिनिधि लगायतले अनुगमन गरेका थिए ।
१४ अर्ब लागतमा निर्माण हुन लागेको एक हजार शैयाको सरकारी मेडिकल कलेजको निर्माणकार्य बिभिन्न कानुनी बाधा अर्चणका कारण शुरु हुन सकेको छैन ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...