फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरीद्वारा आय ब्यय सार्बजनिक

[sharethis-inline-buttons]

निकिता खानाल
बर्दिवास
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था

महोत्तरीले आफ्नो पाँचौ वार्षिक साधारणसभा तथा पिकनिक कार्यक्रमको आय ब्यय सार्बजनिक गरेको छ ।
संस्थाले यहि फागुण ८ गते मंगलवार सञ्चालक समितीको बैठकको आयोजना गरेर आय ब्यय प्रस्तुत गरेको संस्थाका कोषाअध्यक्ष यादब प्रसाद पोखरेलले जानकारी दिए ।

उनले साधारण सभाकालागी संस्थाका सदस्य तथा बिभिन्न दाताबाट रु ५५ हजार ५ सय प्राप्त भएको जानकारी दिए । जसमध्ये साधारण सभाको खर्चको बिवरणमा मासु खरीद १२ हजार, पनिर ३ हजार ५ सय, किराना सामान ८ हजार ८ सय, पानी जार ५ सय २० रुपैयाँ, तरकारी २ हजार २ सय २० रुपैयाँ, ग्याँस १ हजार ९ सय ३० रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी टेन्ट साउन्डमा १५ हजार फलफुल खरीदमा ४ हजार ३ सय, पिकनिक स्थल भाडा ८ सय, खादामाला ३ हजार गरी जम्मा ५३ हजार ४ सय ९० रुपैया खर्च भएको कोषाअध्यक्ष पोरेलले समितीको बैठकमा पेश गरेको बिवरणमा उल्लेख छ । साधारण सभामा प्रपत भएको रकम खर्च गरेर संस्थाले २ हजार १० रुपैया बचत गरेको जनाएको छ । मंगलवाको बैठकमा साधारण सभामा भएको कामकाजको बिषयमा सञ्चालक समितीका सदस्यहरु बिच समिक्षा भएको संस्थाका अध्यक्ष गोबिन्द बहादुर खड्का (रमेश) ले बताए ।

फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी महोत्तरीको सञ्चालक समितीको बैठकमा गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान नेपालको अध्यक्ष प्रेम घिमिरे तथा प्रगतिशील लेखक संघ मधेस प्रदेश समितिका अध्यक्ष नारायण घिमिरे लाई समेत सम्मान गरीएको बताईएको छ ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...