जनकपुरमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जनकपुरमा स्कुल बसको ठक्करबाट एक जना भारतीय नागरिकको ज्यान गएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बेलापुरमा बिहीबार बिहान ८ः३० बजेतिर श्रीराम बोर्डिङ स्कुल बसले ठक्कर दिँदा भारत बिहारको मधुवनी जिल्ला तथा हाल जनकपुरमा ससुराली बस्दै आएका २७ वर्षीय ममताज कवारीको ज्यान गएको प्रहरीले जानाएको छ ।

बा २ प ७६० नम्बरको स्कुल बसले साइकलमा सवारी कवारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते कवारीको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५, का रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...