बैदेशिक आयातलाई निर्मुल गर्न सहकारी मार्फत उत्पादनमा जोड दिनुपर्ने सम्बृद्धि साना किसान सहकारीका अध्यक्ष पौडे्ल

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित सम्बृद्धि साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष माधब प्रसाद पौडे्लले बैदेशिक आयातलाई निर्मुल गर्न सहकारी मार्फत उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।
बुधवार महोत्तरीको बर्दिवासमा आज्ञा खबर डटकम तथा आज्ञा खबर युटुब च्यानल संग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुँन । उनले एक अर्काबिच सहकार्य गर्नु नै सहकारीको मुख्य उदेश्य भएकोले सहकारी सञ्चानले देशको अर्थतन्त्रको मेरुदण्डलाई बलियो बनाउदै लैजाने बताए । पौडेलले नेपाल कृषि प्रधान देश भएकोले कृषिलाई सहकारी संग जोडेर उत्पादन र बजारीकरण गर्नुपर्ने आवश्यता औल्याए ।
पौडेलसंग गरीएको कुराकानी

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...