रातुनदी मापदण्ड बिपरीत खनिएको पाईएमा जुनसुकै बेला पनी उत्खनन बन्द गराईने मेयर क्षेत्रीको भनाई

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिका प्रमुख प्रलाद कुमार क्षेत्रीले आफ्नो कार्यकालको २० महिनाको अबधिमा नगरभित्र उल्लेखनिय बिकासका काम भएको बताएका छन ।
महोत्तरीको बर्दिवास स्थित बर्दिवास नगर पत्रकार संजालको शुक्रवार कार्यालय उद्यघाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन । उनले अरुले काम गर्नु अघिनै प्रचारगर्ने गरेको भएपनी अफुले परिणाम देखाएर जनतामाझ जान चाहेको उल्लेख गरे ।
प्रमुख क्षेत्रीले नगरभित्र बढदै गएको बिक्रिती र बिसंगतीको बिषयमा आफु चिन्तित रहेको भन्दै त्यसलाई हटाउन प्रयत्न गरीरहेको जिकिर गरे ।
नगर प्रमुखले रातु नदी उत्खननको बिषयमा बोल्दै आठ राजनितीक दलले गरेको पत्रकार सम्मेलन प्रती अफ्नो ध्यानाकर्षण भएको बताए ।
उनले अहिले रातुनदीमा मापदण्ड अनुसार तिन फिट भन्दा बढी नखनिएकोले भ्रममा नपर्न आग्रह गरे । क्षेत्रीले रातुनदी मापदण्ड बिपरीत खनिएको पाईएमा जुनसुकै बेला पनी उत्खनन बन्द गराईने जानकारी दिए ।
पत्रकार संजाल र पत्रकारीता नगरको अभिन्न अंग भएकोले नगरक्षेत्रमा रहेका पत्रकार र त्यसमा आबद्ध संघ संस्थालाई जुनसुकै समयमापनी सहयोग गर्न आफु तयार रहेको क्षेत्रीको भनाई रहेको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...