आज्ञा खबर
धनुषा
धनुषाको हंसपुर इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको एक जना कैदीको गए राति मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको गएराती मृत्यु भएपछी स्थिती तनाब ग्रस्त भएको हो ।
प्रहरीको कुटपिटबाट थुनुवाको मृत्यु भएको भन्दै सो स्थानमा बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए ।
त्यस क्रममा गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । उनको एउटा हातमा गोली लागेको हप्रहरीले जानाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।





































