मधेश प्रदेश सभामा कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत

आज्ञा खबर
धनुषा
मधेश प्रदेश सभाको दोस्रो अधिवेशनको शुक्रबार बसेको सातौँ बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रस्तुत गरिएको छ ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले सो विधेयक प्रस्तुत गरेका हुँन । न्यौपानेले विधेयक पेश गर्दै प्रदेशको कृषि मन्त्रालयमा छ वर्ष बितिसक्दा पनि अहिलेसम्म कुनै ऐन नहुँदा समस्यासँगै मनपरी ढङ्गले चल्न थालेको बताए।

उनले अहिलेको आवश्यकता भनेकै कृषि क्षेत्रमा व्यापक विकास, उत्पादन, उत्पादकत्व वृद्धिगरी दिगो आर्थिक विकास गर्दै किसान र उपभोक्ताको सामुन्ने बहुआयमिक चुनौतीहरू सम्बोधन गर्न विधेयक प्रस्तुत गरीएको बताए । सो विधेयक प्रस्तुत भएसँगै सभामुख रामचन्द्र मण्डलले बैठक यहि मंसिर १७ गते दिउँसो १ बजे सम्मकालागि स्थगित गरिएको घोषणा गरे।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...