आज्ञा खबर
महोत्तरी
जनमत पार्टीले आजदेखि आगामी वैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ।
सो अबधिभर पार्टीले सङ्गठन विस्तार अधिवेशनको कार्यक्रम तथा पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउने
पार्टीका प्रवक्ता डा सरदसिंह यादवले बताएका छन। कार्यतालिका अनुसार मङ्सिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म सबै पालिका अधिवेशन पूरा गर्नुपर्ने छ।
फागुन २० गतेसम्म सबै वडा र पालिकाको प्रक्रिया पु¥याई गरिएको अधिवेशनको आधिकारिक माइन्युट तयार गर्ने, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख ३० गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको यादबले जानकारी दिए।





































