जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ । पाटीले तराई मधेसको २३ वटा जिल्लामा रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनाएको छ। रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भाव कायम गर्न रंगभेदविरूद्ध एकता दिवस मनाउँन प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संकल्प प्रस्ताव पनि दर्ता गराका छन् ।
२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभा गरेको थियो ।

सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन्।
जनमतले स्वतन्त्र मधेसको माग गर्दै पार्टीले यो दिवसलाई हरेक वर्ष मंसिर १० गतेको दिनमा मनाउँदै आएको छ

क्जष्खबm ऋझभलत
उनले संसद् सचिवालयमा गत बिहिबार रंगभेदविरुद्धको एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प पनि लिन आवश्यक रहेको भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...