महोत्तरीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको सम्सीबाट स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन ।

सशस्त्र प्रहरीले बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा जिल्लाको सम्सी गाउँपालिका–३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रहरीले पक्राउ परेका मानिस र रकमसहित अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...