दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहामा दुई मोटरसाईकल एक आपसमा ठाक्किदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए
बुधबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । घाइते सोही स्थान घर भएका १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...