आज्ञा खबर
सर्लाही
सर्लाही प्रहरीले जुवातास खेलिरहेको अवस्थामा शुक्रवार राती ११जनालाई पक्राउ गरेको छ।
जिल्लाको ईश्वरपुर नगरपालिका–५ सखबनि बस्ने सार्कीमान तामाङको घरमा जुवातास खेलिरहेको समयमा सोही ठाउँ नगरपालिका–५ बस्ने २८ वर्षीय कृष्ण मगरसहित ११ जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार ६ सय ५ रुपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
