आज्ञा खबर
काठमांडौ
इजरायलमा जोखिममा रहेका नेपालीले सरकारबाट उद्धारको लागि याचना गरिरहेको बेला उद्धारका लागि सरकारले आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ।
आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।
इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।





































