बचत अपचलनमा बचतकर्ता धर्नामा

आज्ञा खबर
सर्लाही
सर्लाही सदरमुकाम मलङ्गवामा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाले बचत रकम अपचलन गरेपछि बचतकर्ता आन्दोलित भएका छन । उनिहरुले जिल्ला प्रशासन कार्यालय मलङ्गवा अगाडि आइतबारदेखि धर्ना सुरु गरेका छन । मलङ्गवा नगरपालिका–८ मा रहेको सहकारीका अध्यक्ष ईश्वर गुप्तालगायतका पदाधिकारीले रकम बचतकर्ताको रकम अपचलन गरेर फरार भएपछि बचतकर्ताले भदौ ७ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई संस्थाका पदाधिकारीलाई पक्राउ गरी आफूहरूको बचत रकम फिर्ता गराइदिन माग गरेका हुँन ।

ज्ञापनपत्र बुझाएको १० दिनसम्म पनि फरार रहेका सञ्चालक पक्राउ नपरेका कारण हिनामिना भएको रकम फिर्ता हुने बिश्वास नभएको भन्दै बचतकर्ता र सेयर सदस्यले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन । सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मुख्य माग राखेर धर्ना सुरु गरिएको सङ्घर्ष समितिका संयोजक राजेन्द्र साहले बताए।
सो सहकारीमा चिया बेच्ने, ठेला चलाउने तथा दैनिक मजदुरी गर्नेले रकम जम्मा गरेकोसंयोजक साहको भनाई छ।
खाइनखाइ बचत गरेको रकम तुरुन्त फिर्ता हुनु पर्छ ।” आन्दोलित बचतकर्ताले आफूहरूको बचत रकम अविलम्ब फिर्ता हुनुपर्ने, सञ्चालकमाथि कारबाही तथा सम्पत्ति रोक्का हुनुपर्ने, स्वतन्त्र लेखा परीक्षण हुनुपर्ने, संंस्थाको अवस्थाबारे श्वेतपत्र जारी हुनुपर्ने र आर्थिक वर्ष २०७७÷७८, २०७८÷७९ तथा २०७९÷८० मा सञ्चालकहरूले लिएको ऋणको विवरण सार्वजनिक गर्नुपर्ने आन्दोलन गर्नैको माग रहेको छ।  ।

संस्थामा करिब २४ करोड रुपियाँ हिनामिना भएको भन्दै पीडितले उजुरी दिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संस्थाका अध्यक्ष ईश्वर गुप्ताको खोजी जारी रहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । सहकारीबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका संस्थाका प्रबन्धक दीपकलाल अमात्य, खजान्ची निर्मल श्रेष्ठ, कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह भने पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जानाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...