बालिका अपहरण गरेको आरोपमा रौतहटमा दुईजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौथहट
बालिकालाई अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ पेका छन।
गरी अनुसन्धान शुरु गरेको छ।
पक्राउ पर्नेमा माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो रहेको रौतहट प्रहरीले जनाएको छ।
भदौ १४ गते साँझ घर छेउबाटै हराएपछि घरपरिवारले खोजतलास गर्दै जाँदा छिमेकीले अपहरण गरेको खुल्न आएपछि शुक्रवार साँझ इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी गराएका थिए।

गाउँलेद्वारा नै बालिका अपहरण गरिएको थाहा भएपछि तिनीहरूमाथि दबाव दिएपछि शनिवार बिहान ५ बजेको समयमा बोरामा बाँधिएको अवस्थामा खुश्बु फेला परेको निजका बुवा अवधेशकुमार महतोले बताए।

छोरीलाई छिमेकी रञ्जित साह र नरेश साहले अपहरण गरेर बेच्न भारत पु¥याएका थिए। दुईजनाले अपहरण गरेर लगेको कुरा खुलेपछि उनीहरूका परिवारमाथि दबाव दिएपछि भोलिपल्टै गाउँछेउमा ल्याएर छाडेका थिए।

प्रहरीलाई नाम सहित भने पनि उनीहरूलाई समात्न ढिलासुस्ती गरेपछि आक्रोशित गाउँलेले गौर चन्द्रपुर सडक खण्डमा शनिवार बिहानै दुई घण्टा चक्का जाम गर्दा प्रहरीले दुबै आरोपीलाई नियन्त्रणमा लिएपछि मात्रै बाटो जाम खुलेको थियो। छोरीलाई नसाको सुई दिएर यहाँबाट लगेको पीडितका बुवा महतोले बताए।

दुबै आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही गर्न जाहेरी इलाका प्रहरी कार्यालय गरुडामा दिइसकेको उनले बताए।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले दुईजनालाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भइरहेको तथा बालिकाको स्वास्थ्य परीक्षण लगायतका काम भइरहेको बताए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...