सुन प्रकरण: गिराेहबारे सूचना सङ्कलन गर्न सिआइबीका उच्च अधिकृत हङकङ जाँदै

आज्ञा खबर
काठमाडौ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एक उच्च अधिकृतलाई ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि हङकङ पठाइने भएको छ ।

उक्त सुन हङकङबाट आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना लिन सीआईबीका एसएसपी दिनेश आचार्यलाई त्यसतर्फ पठाउन लागिएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।

सीआइबीले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न इन्टरपोललाई यसअघि नै पत्राचार गरिसकेको छ । इन्टरपोल नेपालको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँमार्फत एनसीबी बेइजिङलाई पत्राचार गरिएको र बेइजिङमार्फत हङकङ सब–ब्यूरोसँग समन्वय गरेर सूचना माग गरिएको छ । आचार्यले त्यहाँ पुगेर इन्टरपोलसँग समेत सहयोग र समन्वय गर्नेछन् ।

राजश्व अनुसन्धान विभागले गएको साउन ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सुनसहितको १५५ किलो ’ब्रेक शु’ बरामद गरेको थियो ।

गालेर छुट्याउँदा सुन ६० किलो ७१६ ग्राम फेला परेको थियो । उक्त सुन प्रकरणमा चिनियाँ र भारतीय नागरिकसहितका २३ जना पक्राउ परेका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...