फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी संस्था महोत्तरीको ९ औ स्थापना दिवस मनाईयो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी संस्था महोत्तरीको ९ औ स्थापना दिवसको अबसरमा आयोजित शुभकामना आदान प्रदान, ब्यवसायिक अन्तरक्रिया तथा दिप प्रज्वलन कार्यक्रम सोमवार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ।

फर्निचर तथा फर्निसिङ्ग ब्यवसायी संस्था महोत्तरीका अध्क्षय गोबिन्द बहादुर खड्काको अध्क्षयता तथा उद्योग बणिज्य संघ बर्दिवास का अध्क्षय बिष्णुबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यबाट पmर्निचर तथा फर्निसिङ्ग ब्यवसायिले झेल्नु परेको अनावश्यक कस्टबाट छुटकारा पाउन बृहत अन्तरक्रिया गर्नुपर्ने बताए ।

उनिहरुले हाम्रो बनमा काठ कुहिएर गएपनी फर्निचर ब्यवसायिले खरीद गर्न नपाउने अवस्थाले महँगोमा बिदेशी काठ आयात भईरहेको जिकिर गरे ।

बक्ताहरुले बनको काठ खरीद प्रक्रिया झनझटिलो भएकाले खरीद प्रक्रियाको ऐनलाई संशोधनगरी ब्यवसायिलाई खरीद प्रक्रियामा सहजता ल्याउनु पर्ने धरणा राखे।

फर्निचर तथा फर्निसिङ्ग ब्यवसायीलाई बैक ,सहकारी ,बितिय संस्थाले लगानीगर्ने ऋण प्रकृया सहज नहुँदा ठुला तथा मध्यम ब्यवसाय धारासायी हँुदै गएको बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...