आज्ञा खबर
सर्लाही
जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी एक महिलाले बिहिवार राती आत्महत्या गरेकी छिन् ।
स्थानीय चक्रघटा गाउँपालिका ८ कि ४० वर्षिय हजरत खातुनले हिरासत कक्षको शौचालयमा राती १० बजे सलले पासो लागेर आत्महत्या गरेकी प्रहरीले जनाएको छ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र जियारका अनुसार राति १० बजे शौच गर्न जाँदा शौचालको ढोकामा पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक पजियारले बताए ।
श्रावन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुन र अन्य एक जनालाई पक्राउ गरी अनुसन्धानकालागी हिरासतमा राखेको थियो ।
