निकेश खनाल
बर्दिवास
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता लिनेको भिड बढेको छ।
जन्मका आधारमा नागरिकता लिएकाहरूको सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण सुरु भएपछि
महोत्तरीको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा दैनिक भिड बढेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।
नागरिकता ऐन बमोजिम चार दिनयता वंशजको आधारमा २५३ जनाले जिल्लामा नागरिकता लिएका छन।
नगरीकता बितरणको पहिलो दिन जिल्लामा दुई जनामात्रले नागरिकता लिएकोमा अहिले भिड बढेको छ, सम्पूर्ण कागजात हेरेर कानुनका आधारमा सहजतापूर्वक नागरिकता वितरण गरिरहेको महोत्तरीका प्रमुख जिल्ल्ला अधिकारी दिपकबहादुर पहाडीले जानकारी दिए।
नगररिकता बितरण जिल्ला प्रशासन कार्यालय जलेश्वर, इलाका प्रशासन कार्यालय बर्दिबास, रामगोपालपुर र गौशाला गरी चार ठाउँबाट वितरण भइरहेको छ। चार दिनयता जिल्ला प्रशासन कार्यालय जलेश्वरबाट ८२, इलाका प्रशासन कार्यालय बर्दिबासबाट ६५, इलाका प्रशासन कार्यालय गौशालाबाट १०४ र इलाका प्रशासन कार्यालय रामगोपालपुरबाट दुई जनाले वंशजको आधारमा नागरिकता लिएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पहिलो दिन नै नागरिकता लिएका
जलेश्वर नगरपालिका–१ का ब्राइट चौधरीले आफू दुई वर्षदेखि नागरिकताका लागि सङ्घर्ष गर्दै आइरहेको बताउँदै नागरिकता पाएपछि खुसी व्यक्त गरेका छन्।
