हरिपूर्वामा दिनभर व्यापक सुरक्षाकर्मी परिचालन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज दिनभर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
नगरपालिकामा झण्डै तीन महिनादेखि स्थानियले तालाबन्दी गरेका छन् । तालाबन्दी तोड्ने भन्दै आज नगरप्रमुख विनोदकुमार साह पक्षले तयारी गरेपछी आन्दोलित पक्षले तालाबन्दी खोल्न नदिन तयारी गरेका हूँन।
दुबै समुह बिचको सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै दिनभर ठूलो संख्यामा नगरपालिकाको कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीको सावधानीले गर्दा कुनै उग्र किमिसको प्रदर्शन हुन पाएको छैन । आन्दोलित सर्वदलिय संघर्ष समितिलाई जिल्ला सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिमा राखेर छलफल गरिए पनि कुनै निष्कर्ष निस्कन नसकेको बुझिएको छ । संघर्ष समितिले प्रमुख प्रशासकीय अधिकृत र लेखापालको कार्यकक्षमा लगाइएको तालाबन्दी खोलेर सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब निकासा हुन दिने तर अन्य बजेटका काम हुन नदिने अडान लिएपछि कुरा मिल्न नसकेको हो ।

भर्खरै मात्रै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले नगरको पूरै तालाबन्दी खोलेर प्रत्येक गतिवधि र बजेट संचालन हुन दिन अनुरोध गनेपनि संघर्ष समितिले अस्वीकार गरेको छ । नगरप्रमुखको कदमविरुद्ध यहाँ संघर्ष समितिले तालाबन्दी गरिरहेको हो । यस विषयमा आगामी आइतबार दुवै पक्षलाई नै राखेर छलफल गर्ने सहमतीमा आजको छलफल टुंग्याइएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...