राधा कृष्ण शर्मा
बर्दिवास
मधेश प्रदेशका प्रमुख हरीशंकर मिश्रले समान ढंगले सबैको न्यायमा पहुँच पुग्नुपर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित न्यायिक समितिको सदस्यहरुको क्षमता अभिवृद्धि, सशक्तिकरण र सवलीकरण सम्बन्धि दुईदिने कार्यक्रमको शुक्रवार उद्घाटन गर्ने क्रममा उनले सोे कुरा बताएका हुँन ।
उनले अधिराज्यमै पहिलो पटक मधेश प्रदेशमा मुख्य न्यायधिवक्ताको कार्यालयले ल्याएको कार्यक्रमले न्यायिक समितिको सदस्यको क्षमता अभिवृद्धि गर्ने कुरामा आफु बिश्वस्त रहेको बताए ।
मुख्य न्यायधिवक्ताको कार्यालय मधेश प्रदेशले आयोजना गरेको सो कार्यक्रममा प्रदेशका आठओटै जिल्लाका न्यायिक समितिका सदस्यको सहभागिता रहेको छ ।
