आज विश्व वातावरण दिवस मनाईदै

आज्ञा खबर
महोत्तरी
वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले हरेक बर्ष मनाईने विश्व वातावरण दिवस आज मनाईदै छ।
यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि जुन ५ तारिख अर्थात आजकै दिनदेखी मनाउन थालिएको हो ।
वातावरण दिव मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।

वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसूस गरी सम्मेलनको १ वर्ष पछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व वातावरण दिवसका अवसरमा नेपालमा पनि सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गनी मनाउने भएका छन् । दिवसको अवसरमा देशका विभिन्न ठाउँमा बृक्षारोपणदेखि वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...