जलेश्वरमा आजदेखी जग्गाको कित्ताकाट खुल्यो

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
जग्गा कित्ताकाट रोकिएको कारण लामो समयदेखि सास्ती भोगेका महोत्तरीको जलेश्वर नगरवासीहरुले सोमबारदेखि जग्गा सम्बन्धी कामहरु गर्न पाउने भएका छन् ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको कित्ता काट खुलाएपछी नगरबसीले आजदेखी जग्गा सम्बन्धि सम्पुर्ण कामकाज गर्न पाउने भएका हुँन ।

नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिका क्षेत्रभित्रको ‘भू–उपयोग क्षेत्र वर्गीकरण’ गर्दै कित्ता काट खुलाएको मेयर सुरेश साह सोनारले जानकारी दिए ।

भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी जलेश्वर नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको मेयर शाहले जानकारी दिए।
जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ ३१३५.८९ हेक्टर, व्यवसायिक क्षेत्रतर्फ ७५.३४ हेक्टर, साँस्कृतिक क्षेत्रतर्फ ८.४७ हेक्टर, नदीजन्य÷पोखरी क्षेत्रतर्फ १०६.२७ हेक्टर, औद्योगिक क्षेत्रतर्फ १७.२६ हेकटर, सार्वजनिक क्षेत्रतर्फ १७६.११ हेक्टर र आवासीय क्षेत्रतर्फ ९०३.३५ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।

जलेश्वर नगरपालिकाले वर्गीकरण गरेको जग्गाहरु जम्मा ६२ हजार कित्ता रहेको र आजदेखी सबै जग्गाको कित्ताकाट खुल्ला भएको जानकारी गराइएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...