सप्तरीमा बिद्यालयमै करेन्ट लागेर एक विद्यार्थीको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराज शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत तेसलान्नद यादवको विद्यालयमै करेन्ट लागेर ज्यान गएको छ ।

विद्यालयमा आयोजित क्रिकेट प्रतियोगितामा साउन्ड सिस्टम बजाउने क्रममा करेन्ट लागेर राजगढ गाउँपालिका–१ झुटकीका यादवको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकका आफन्त तथा विद्यार्थीहरूले विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

मृतकका आफन्त तथा विद्यार्थीहरूले गजेन्द्रनारायण सिंह अस्पताल तथा स्कुल अगाडि बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...