आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराज छिन्नमस्ता सडक खण्ड अन्तर्गत सखडामा भएको मोटरसाइकल दुर्घटनामा परेर दुई युवकको मृत्युु भएको छ। एक जना गम्भीर घाइते भएका छन।
सदरमुकाम राजविराजबाट सखडातर्फ जाँदैगरेको प्रदेश २ – १०१–००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना युवकको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा छिन्नमस्ता गाउपालिका –३ का जोगेन्द यादवको छोरा १८ बर्षीय श्यामकुमार यादव र मोटरसाइकल पछाडि सवार सोही ठाउँका रघुवीर खङ्गका ३० बर्षीय छोरा बिकासकुमार खङ्गको मृत्युु भएको हो।
सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार अर्का लालबहादुर खङ्गका २३ वर्षीय छोरा अजयकुमार खङ्ग गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
घाइते खङ्गको हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । मृतक दुवै युवकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
