हावाहुरीले घर भत्किँदा सर्लाहीमा एक वृद्धाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीमा (बिहीबार) अपरान्ह हावाहुरीले घर भत्काउँदा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२, बस्ने ६५ वर्षीया सावित्री देवी साहको आफ्नै कच्ची फुसको घरमा बसिरहेका बेला हावाहुरी आएर घर भत्काउँदा किचिएर मृत्यु भएको हो । घर भत्किँदा टाउको र छातीमा चोट लागेर अचेत भएकी उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लैजादा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ ।
घर भत्कदा एक लाख रुपैयाँ बराबरको क्षति समेत भएको बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...