आज्ञा खबर
रौतहट
रौतहटमा एक वृद्धको गोली हानी हत्या गरिएको छ । देबाही गोनाही–१ का ७० वर्षीय शेख तैयाबको हत्या गरीएको हो ।
हत्यापछी उनको शव घरदेखि एक किलोमिटर दूरीमा लक्ष्मीनिया जाने सडकमा भेटिएको हो । उनको टाउकोमा चोट देखिएको इलाका प्रहरी कार्यालय गोनाहीका प्रहरी निरीक्षक गोविन्द साहले बताए ।
मृतकका छोरा शेख असलमले गाउँकै मजहर आलम भनेर चिनिने मोगले आलममाथि हत्याको आरोप लगाएका छन् ।
२०७९ फागुन १५ मा तैयबका नाति शेख रिजवान मोगले आलको छोरीलाई लिएर बिहे गर्ने भन्दै सम्पर्कविहीन भएका थिए । १० दिनपछि मोगलेको छोरी इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भइन् । प्रहरीलाई उनी दिएको बयानको आधारमा तीनजनामाथि अपहरण तथा जबर्जस्ती करणी मुद्दासमेत चलेको छ ।
उक्त घटनापछि तैयब र मोगलेको दुश्मनी सुरू भयो ।
तैयबको हत्या भएपछि उनका छोरा शेख असलमको दाबी छ, ‘मोगले पटक–पटक धम्की दिने गरेका थिए । उनले मुद्दा चलाएकाहरू धरौटीमा छुटेकोले बिहान रातिनै मेरो बुबाको हत्या भयो । मोगले र उनका मान्छेले नै हत्या गरेको दाबी गरेका छन् ।’ यता प्रहरीले हत्या कसले गरेको भन्नेकुरा खुल्न न सकेको र घटनाको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
