आज्ञा खबर
महोत्तरी
मधेशमा मिथिलाञ्चलसहितका महिलाहरु आज बट सावित्री पर्व मनाउँदै छन् ।
यये पर्बमा पतिको दीर्घायुको कामना गदै महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी बट सावित्री पर्व मनाइरहेका छन् ।
यो पर्वमा सोमबार बिहानैदेखि आफ्नो नजिकैको वरको रुखमुनि पुजाअर्चना गर्ने नवविवाहिता महिलाहरुको भीड लाग्ने गर्दछ । बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरासंगै पतिको आयु बढ्ने जनविश्वास रहि आएको छ । धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको वास हुने भएकोले वरको रुखको पुजा गर्ने प्रचलन छ ।
पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् । केही वर्षअघिसम्म यो पर्व व्रम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँदै अएकोमा अहिले अन्य समुदायका महिलाहरुले समेत मनाउँने गर्दछन् ।
नवविवाहिता महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन पनि छ । कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो लगायतका सामग्री पठाइन्छ ।
